पौराणिक कथन अनुसार यस जिल्लाको पणेना भन्ने स्थानमा पाणिनी ऋषि आई महादेवको तपस्या पाई संस्कृत व्याकरण तयार पार्न सफल भए भनिन्छ। पणेनाको वायव्य दिशामा (करीव ३ की. मी. टाढा ) दुर्वाशा ऋषीको आश्रम थियो भनीन्छ। यस पाणिनी गाउपालिकाको जम्मा क्षेत्रफल १५१.४२ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका श्रिनगर¸ स्वर्गद्धारि¸ रेशुङ्गा जस्ता पर्यटकीय दृष्टिकोणले महत्त्वपुण रहेका स्थानहरुसंग राम्रो पहुच छ।निर्माणाधिन लुम्विनि౼ सन्धिखर्क౼ ढोरपाटन सडक सम्पन्न भएर यातायात सञ्चालन भएपछि गाउँपालिकाको पर्यटकिय विकासमा थप मद्धत पुग्ने देखिन्छ।यस गाउँपालिकामा रहेका पाणिनी तपोभूमि¸ दुर्वाशेश्वर गुँफा¸ नर्तनाचल पर्वत¸ सिद्बेश्वर गुफा¸ आलमदेवि मन्दिर जस्ता महत्त्वपुण धार्मिक स्थलहरु रहेका छन।दक्षिणमा तराइ र उत्तरमा महाभारत पर्वत श्रङ्खलाको २५१५ मिटरसम्मको उचाइमा फैलिएको हुँदा यो गाउँपालिका वन वन्यजन्तु तथा जैविक विविधताको दृष्टिकोणले निकै धनी रहेको छ। दक्षिणमा भावरको केहि क्षेत्र¸ चुरे पर्वत श्रङ्खलाको केहि क्षेत्र र उत्तरमा महाभारत पर्वत श्रङ्खलासम्मको क्षेत्रमा विभिन्न जातका वोटविरुवाहरु¸ जडिवुटि ¸ स्तनधारि जिवहरु¸ चराचुरुङ्गिहरु¸ सरिसृप जिवहरु तथा अन्य जलचर थलचर जिवहरुले आश्रय पाएको पाइन्छ।